मोरङ : मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा ट्याक्टर पल्टिदाँ दुई जना सहचालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ वर्षीय बिजय हेमरन र १५ वर्षीय अबिनाश मनण्डी रहेका छन् ।
सोमबार बेलुका ८ बजे को २ त ८६८८ नम्बरको ट्याक्टरले स्थानीय ईन्द्र दर्जीको खेत जोतेर बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिँदा घाइते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आइती सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post