इटहरी : सुनसरी क्षेत्र नं. २ (क) को निर्वाचन सकिएको छ ।
आज इटहरीस्थित लायन्स क्लबको सभाहलमा भएको निर्वाचन सभा ३ बजे सकिएको हो ।
मतदान अधिकृत रोबनराज कार्कीका अनुसार कुल ३११ मतदातामध्ये ३१० जनाले मत खसालेका छन् । इटहरी १८ की बबिता कटवाल बाहेक अन्य सबैले मत खसालेको उनले बताए ।
क्षेत्र २ (क) का लागि संस्थापन पक्षका सुबेक्छु देवान राई र संस्थापन इतरका धनबहादुर पुरी चुनावी मैदानमा छन् । केहीबेरपछि मतगणना हुने कार्कीले बताए ।














Discussion about this post