इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको छ ।
मंगलबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार ऐयुब अन्सारी नेतृत्वको प्यानलै विजयी भएको हो । जम्मा खसेको ६५४ मतमध्ये ४२७ मत ल्याई सभापति पदमा पुनः ऐयुब अन्सारी निर्वाचित भएका छन् भने सभापति पदका अर्का प्रतिद्वन्दी जमिल अख्तर आजादले २२० मत ल्याएका छन् ।
यसैगरी सचिव पदमा रोशन कुमार खड्काले ३९८ र जुगेश्वर यादवले ३८७ मत ल्याई निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका धीरज भट्टराईले २३६ र पूर्णराज यादवले २२१ मत ल्याई पराजित भएका छन् ।
त्यसैगरी सहसचिव पदमा अन्सारी प्यानलका जितेन्द्र यादवले ४१२ र सन्त कुमार राईले ३९० मत ल्याई निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका खेमराज कार्कीले २३२ र सुशिला थापा बस्नेतले २१६ मत ल्याई पराजित भएका छन् । त्यसैगरी
क्षेत्रीय महिला सदस्य प्रत्यक्षतर्फ रिमझिम कुमारी भगतले ३९२ मत ल्याई निर्वाचित भइन भने प्रतिद्वन्दी मालती साहले २१९ मतमात्र ल्याई पराजित भइन् । त्यस्तै क्षेत्रीय सदस्य प्रत्यक्षतर्फ राज कुमार साह राजुले ४०७, रविन्द्र प्रसाद मण्डलले ४००, कैलु मेहताले ३९० मत निर्वाचित भएका छन् भने उनीहरूका विरुद्ध उम्मेदवारी दिएका इस्माइल मियाँले ५१,जाहिर मंसुरीले १९४, प्रमिलादेवी ठाकुरले १९५ र लक्ष्मण पौदारले १५९ मत ल्याई पराजित भएका छन् ।
त्यसैगरी खस आर्यतर्फ जयप्रसाद आचार्यले ३८८ मत ल्याई निर्वाचित भएका छन् भने प्रतिद्वन्दी उम्मेदवार अरविन केसीले २१६ मत ल्याई पराजित भएका छन् । आदिवासी जनजातितर्फ हिरालाल उराँवले ४०८ मत ल्याई विजयी भएका छन् प्रतिद्वन्दी उम्मेदवार बिमला उराँवले २१७ मत ल्याई पराजित भएका छन् ।
मधेशी तर्फ सुधिर मेहताले ४०२ मत ल्याई विजयी भएका छन् भने सुकदेव मेहताले २१४ मत ल्याई पराजित भएका छन् । त्यस्तै, दलिततर्फ पदमबहादुर बिकले ४१२ मत ल्याई विजयी भएका छन् भने प्रतिद्वन्दी उम्मेदवार अजोधि मुसहरले १९६ मत ल्याई पराजित भएका छन् ।
त्यसैगरी मुस्लिम तर्फ क्षेत्रीय सदस्यमा शाह जमालले ३९७ मत ल्याई निर्वाचित भएका छन् भने इलियास मियाँले २२० मत ल्याई पराजित भएका छन् ।














Discussion about this post