इटहरी : इटहरीमा चोरीको मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ११ घर भइ इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा गरी बस्दै आएका २४ वर्षीय समिर परियार र इटहरी ३ तालतलैयाका १९ वर्षीय राजेश खड्का रहेका छन् ।
प्रहरीका अनुसार इटहरी ५ का राजेन्द्र प्रसाद ढुङ्गानाको आफ्नै घरमा पार्किङ गरी राखेको बा ९४ प ९९२६ नम्बरको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाट नटीकैबाट इलाका प्रहरी कार्यालय रानीले मोटरसाइकलसहित परियारलाई पक्राउ गरेको थियो ।
मोटरसाइकलसहित पक्राउ गरिएका परियारमाथि प्रारम्भिक अनुसन्धान गर्दा खड्का चोरी कार्यमा संलग्न भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका दुवैजनामाथि जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post