इटहरी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आइतबार जिल्ला कार्यसमित सुनसरीको निर्वाचन हुँदैछ । शनिबार दुई समूहले उत्साहका साथ नाराबाजीसहित मनोनयन दर्ता गराएका छन् ।
जिल्ला पार्टी कार्यालय इनरुवामा शनिबार सञ्जय श्रेष्ठ र केदार भण्डारीको समूहले मनोनयन दर्ता गराएका हुन् ।
श्रेष्ठ संस्थापन पक्षबाट चुनावी मैदानमा उत्रिएका छन् भने भण्डारी संस्थापन इतरबाट प्रतिष्पर्धामा छन् । दुवैले आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका हुन् ।
श्रेष्ठ जिल्ला कार्यसमितिका वर्तमान उपसभापति हुन् भने भण्डारी वर्तमान सचिव हुन् ।
शनिबार उत्साहका साथ दुवै पक्षले मनोनय गराएका छन् । नाराबाजीसहित नेता कार्यकर्ताहरूले आफ्नो समूहको उमेद्वारी दर्ता गराएका छन् ।
जिल्ला कार्यसमितमा एक सभापतिका लागि दुईजनाको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । यस्तै, दुई सभापतिका लागि चार, दुई सचिवका लागि चार र दुई सह–सचिवका लागि चारजनाको उमेद्वारी परेको छ ।














Discussion about this post