इटहरी : नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगाना नेपाली कांग्रेसको केन्द्रीय सदस्य उठ्ने भएका छन् ।
मंगलबार (आज) इटहरीस्थित लायन्स क्लबको सभाहलमा आयोजित कांग्रेस क्षेत्र नं. २ (क) को नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै ढुंगानाले आफू कांग्रेसको केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।
उनले आफू कांग्रेसको केन्द्रीय समितिमा गएपछि पार्टीलाई युवामैत्री बनाउने बताए । “कांग्रेसलाई भागबन्डारहित बनाउन मेरो उम्मेद्बारी हो,” उनले भने, “संगठन बलियो बनाउनका लागि र विगतमा तितामीठा कुरा बिर्सिएर अगाडि बढ्नुपर्छ ।”
कांग्रेसलाई अनुशासित ढंगले प्रशिक्षित रूपमा अगाडि बढाउन आफ्नो भूमिका रहने उनले बताए ।
युवाहरूको सक्रियताले मात्र देश र कांग्रेसको भलाई गर्न सक्ने भन्दै ढुंगानाले आगामी महाधिवेशनमा आफ्नो उम्मेद्बारी त्यसैका लागि भएकोमा जोड दिए ।
राष्ट्रियताको सवालमा कांग्रेसले स्पष्ट धारणा र अडान राख्नुपर्ने बताउँदै उनले युवाहरूको उपस्थितिमा मात्रै सही ढंगबाट राष्ट्रियताको प्रबर्द्धन गर्न सकिने बताए ।














Discussion about this post