संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नामा अवैध चिरानी काठसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत इलाका प्रहरी कार्यालय हेदाङ्नास्थित प्रहरी स्थायी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा किमाथांकातर्फबाट आउँदै गरेको ना ७ त ६३६३ नम्बरको ट्याक्टरमा अवैध रूपमा १४१ थान (८६.५ किबी) चिरानी बटम र तख्ता काठ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार, अवैध काठ बोकेर ल्याउने ट्याक्टरसहित ट्याक्टर चालक मकालु–१ का सुरज राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज हेदाङ्ना संखुवासभालाई बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post