इटहरी : सुनसरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोसी गाउँपालिका ८ स्थित भण्टाबारीमा शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६३७५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदै एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा सिरहाको धनगढी नगरपालिका ८ का जिवक्ष यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घाइते भएका सबैलाई उपचारका लागि विराटनगरका विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ । ।














Discussion about this post