धरान : धरानको महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा मोहीका हकवालाको नाममा नामासारी गरिदिने आदेशप्रति विरोध जनाउँदै क्याम्पसका विद्यार्थी सङ्गठनले विरोध जनाएका छन् ।
विभिन्न विद्यार्थी सङ्गठनले आज (सोमबार) क्याम्पस परिसरमा टायर जलाएर प्रदर्शन समेत गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) अनेरास्ववियु, अखिल क्रान्तिकारी, सङ्घीय लिम्बुवान मञ्च, समाजवादी विद्यार्थी युनियन लगायतका संगठनहरूले विरोध जनाएका हुन् ।
क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी समेत जलाएका छन् । विद्यार्थी संगठनहरूले क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् ।
असोज २५ गते अर्धन्यायिक निकाय भूमिसुधार तथा मालपोत कार्यालयले मोहीका हकवालाका नाममा नामसारी गरिदिन भन्दै आदेश दिएको थियो ।
उक्त आदेशलाई लिएर क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।













Discussion about this post