इटहरी : मोरङको पथरीशनिश्चरेमा आइतबार बिहान दुर्घटना हुँदा इटहरीका युवाको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका २ मा स्कारपिओ गाडी र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा इटहरीका युवाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २० च २१६२ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका ६ का ३४ वर्षीय शङ्कर पोखरेलको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार आज (आइतबार) बिहान ९ः४५ बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो ।
दुवै सवारी साधन तीव्र गतिमा रहेका बेला दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटना लगत्तै स्कारपिओ र चालक सप्तरीको फत्तेपुर १ का २७ वर्षीय रोशन विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














Discussion about this post