इटहरी : इटहरी १३ खनारमा कोठाभाडा गरी बस्दै आएका, धनकुटाको पाख्रीवास नगरपालिका ४ घर भएका २६ वर्षिय रिजन दाहालको हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना अभियुक्त पुर्पक्षको लागि जेल चलान भएका छन् ।
दुई जनाको हकमा कम उमेरका भएकाले उनीहरूलाई विराटनगरस्थित बालसुधार गृहमा राख्न मोरङ अदालतले आदेश गरेको छ ।
आइतबार भएको थुनछेक पछिको मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालशले बूढीगंगा गाउँपालिका ६ डल्लेपुल बस्ने २६ वर्षीय धनबहादुर तमाङ, सोही ठाउँका २२ वर्षीय राजु तामाङ, डेगबहादुर खड्का र २४ वर्षीय लिखमान भन्ने इश्वर लिम्बुलाई थुनामा राख्न आदेश दिएका हुन् ।
यस घटनामा पक्राउ परेका ६ जना मध्ये दुइ जनाको बाल बिज्याई कर्ता देखिएकोले उनीहरूको हकमा बाल सुधार गृह पठाउने आदेश भएको मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए ।
अदालतको आदेशपछि चार जना पुर्पक्षको लागि जेल चलान र दुइ जना सुधार गृह गएको श्रेस्तेदार राणाले जानकारी दिए ।
यो पनि – इटहरी बस्ने रिजनको हत्यामा संलग्न मुख्य अभियुक्त भारतबाट पक्राउ














Discussion about this post