इलाम : सूर्योदय नगरपालिका–७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुति भेन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
मे १ ज ३३०७ नम्बरको मारुति भेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झर्दा दुर्घटना भएको थियो ।
घाईतेहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा माईजोमाई गाँउपालिका ४ का ७६ वर्षिय रामप्रसाद तिमसिना र माईजोमाई ३ का ४० वर्षिय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो ।
चालक सहित ८ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post