इटहरी : बसको ठक्करबाट सुनसरीका एक युवकको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको कमल गाउँपालिका ५ स्थित पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठक्कर हुँदा मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका १० का २२ वर्षीय अभिषेक यादवको मृत्यु भएको हो ।
पूर्वतर्फ जाँदै गरेको को १ क नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरको प्र १–०२–०४८ प ३०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका २ का सोमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post