इटहरी : सुनसरीको बर्जु गाउँपालिका २ मा मोटरसाइकल र साइकल एकआपसमा ठक्कर हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा बर्जु ६ का २२ वर्षीय रञ्जित चौधरी रहेका छन् ।
प्रहरीका अनुसार को २१ प ९४४६ नम्बरको मोटरसाइकलले साइकलमा सवार बर्जु १ का ४५ वर्षीय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुवैजना घाइते भइ नोबेल अस्पताल विरानगरमा उपचार भइरहेको थियो ।
उपचारको क्रममा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post