इटहरी : इटहरी उपमहानगरपालिका १२ खनारका एक युवकलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले दुहबी ३ बाट शंकास्पद रूपमा पैदल हिँडिरहेको अवस्थामा इटहरी १२ का ३८ वर्षीय सुशीलकुमार शाहलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अनुसार सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post