Sunday, September 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एमाले सुनसरीको सातौं जिल्ला अधिवेशन पौष २३ र २४ गते

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १५, २०७८
in समाचार
0
एमाले सुनसरीको सातौं जिल्ला अधिवेशन पौष २३ र २४ गते
146
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ते हुने भएको छ ।

पार्टी प्रचारप्रसार उपसमितिले आज (बिहीबार) इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनबारे जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवास्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् सांगठानिक अवस्थाको विचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोखरेलले जानकारी दिए । उनका अुनसार अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपबाट उद्घाटन गर्नेछन् ।

प्रचारप्रसार उपसमितिका संयोजक लोकेश निरौलाले जिल्ला अधिवेशनले एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशिताको सिद्धान्त बमोजिम दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक जातिहरूको समेत प्रतिनिधित्व हुने उनले बताए । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिवसहित एक सय ३५ सदस्य जिल्ला कमिटीको चयन गर्नेछ ।

सांगठानिक तथा आर्थिक प्रतिवेदन तयारीको संयोजकमा पार्टी अध्यक्ष खेमराज पोखरेल, आर्थिक व्यवस्थापनको जिम्मेवारी नीलम खनाललाई दिएको छ । त्यस्तै, मञ्च व्यवस्थापन उपसमितिको जिम्मेवारी शत्रुधनप्रसाद यादवलाई दिइएको छ ।

स्वयमसेवक परिचालन उपसमिति संयोजकमा पदम लिम्बू र अरुण गुरुङलाई तोकिएको छ । खाद्य व्यवस्थापन उपसमितिका लागि पर्शुराम यादव रहेका छन् । प्रतिनिधि व्यवस्थापन उपसमितिमा नन्द बस्नेत र राम कोइराला छन् ।

अतिथि सत्कार उपसमितिमा लिलम बस्नेत र सिर्जना परियार छन् भने प्रचारप्रसार उपसमितिमा लोकेश निरौला र रवी खनाल रहेका छन् । स्वास्थ्य उपसमितिको जिम्मेवारी सुशील अर्याललाई संयोजक तोकिएको छ ।

जिल्ला अधिवेशन प्रतिनिधि छनौट वडा शाखा कमिटीको एकैसाथ पौष १७ गते गरिने तयारी गरिएको छ । वडा तथा कमिटीलाई प्रतिनिधि छनौटको भूगोल मानेर २५ जना सङ्गठित सदस्य बराबर एक जना र प्रत्येक एक जना प्रतिनिधिमा एक जना महिलालाई अनिवार्य गरिएको छ ।

पार्टीको लोगोमा अर्ना

यसैबीच बिहीबार नै अधिवेशनको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ । लोगोमा नेपालमा सबैभन्दा धेरै अर्ना भएको कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने अर्ना प्रयोग गरिएको छ ।

देशकै मात्र नभई अर्ना सबै देश विदेशको आकर्षण भएकाले समावेश गरिएको प्रचारप्रसार उपसमितिका सहसंयोजक रवी खनालले जानकारी दिए ।

Tags: अधिवेशननेकपा एमालेराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
FEATURE BREAKING

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ
FEATURE BREAKING

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

by रासस
भदौ २०, २०८३
0

मोरङ : भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि १’...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.