इटहरी : इटहरीमा बसले ट्रिपरलाई ठक्कर दिदाँ दुर्घटना भएको छ ।
इटहरी चोकबाट पश्चिम टेम्पो स्टेन्ड नजिकै शुक्रबार दिउसोको समयमा काला बन्जरबाट इटहरी तर्फ आउदै गरेको बसले सोहि दिसा जाँदै गरेको ट्रिपरलाई ठक्कर दिएको हो ।
को १ ख १८३० नम्बरको सुपर आयुसा डिलक्स बसले बा १ ग २७२४ नं को ट्रिपरलाई ठक्कर दिदाँ बसको अगाडिको भागमा क्षती पुगेको छ ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सुमन तिम्सिनाका अनुसार उक्त दुर्घटना भएको केहि समय सडकमा एकातर्फी जाम भएको र ट्राफिक प्रहरीको सहायतामा दुर्घटना ग्रस्त बस र ट्रिपरलाई सडकबाट हटाइएको छ ।
तिम्सिनाका अनुसार दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post