इटहरी : इटहरीमा रहेको वेदान्त हस्पिटलमा माइनर तथा मेजर अप्रेसन सुरू भएपछि बिरामीहरूको संख्या बढेको छ ।
बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रोविन श्रेष्ठ र डा. धिराज सिंह सहित टिम र बरिष्ठ सर्जरी विशेषज्ञमा डा. रबी सिंह र डा. सुमित अग्रवालले अप्रेसन गर्दै आएको वेदान्त हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बरिष्ठ हाडजोर्नी तथा नशा रोग सम्बन्धी विशेषज्ञद्वारा सिएम मेशिन प्रबिधिबाट भाँचिएको हड्डीहरूमा स्टिल वा के–वार राखेर अप्रेसन गरिन्छ । साथै हात खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको, नङ गडिएको पनि अप्रेसन गरिदैँ आएको उनले बताए ।
बरिष्ठ सर्जरी सम्बन्धी विशेषज्ञ डाक्टर रबिन सिंह र डा. सुमित अग्रवालद्वारा एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, फिस्टुला, अन्डकोशमा पानी जमेको, स्तनमा घाउ भएको, पिलो, कान चुडिएको, लिङ्गको छाला नफर्केको, लिङ्गको छाला काट्ने अप्रेसन गरिन्छ ।
साथै हस्पिटलमा दैनिक रूपमा बरिष्ठ फेमिली फिजिसियन, बाल तथा नबजात शिशु रोग, स्त्री तथा प्रसुति रोग, छाला तथा योन रोग, भिडियो एक्सरे सेवा र २४ सै घन्टा एमबिबिएस डाक्टरद्वारा इमर्जेन्सी सेवा दिइदैँ आएको उनले बताए ।














Discussion about this post