सङ्खुवासभा : सङ्खुवासभाको भोटखोला गाउँपालिका ५ लुङसुङमा कटेरोमा आगो लाग्दा जलेर २३ वर्षीय पङ्खामान राईको मृत्यु भएको छ ।
चार जना साथीसँग काठ चिर्न जङ्गल गएका राई बसेको कटेरोमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
राईलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएका बेला कटेरोमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post