इटहरी : झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
झापाको, झापा गाउँपालिका १ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका ५ बाराका २२ वर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए ।
दुर्घटनाका घाईतेलाई उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसैगरी सुनसरीको धरान उप महानगरपालिका १५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ ।
सोमवार राती समयमा धरान १५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान १५ बस्ने ४२ वर्षीय राजेश सिजापती घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post