नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमार्फत उदयपुर त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिब डम्बर प्रसाद रेग्मीका अनुसार मुख्यमन्त्री राईमार्फत उदयपुरको भुल्केमा कार्यरत स्वास्थ्यकर्मीलाई १० वटा पीपीई, १ हजार मास्क, सर्जरी ग्लोब्स ५ सय वटा, डिटोल साबुन १ सय थान वितरण गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघकी केन्द्रीय महिला उद्यम समितिका अध्यक्ष अञ्जु सिवा उपाध्याय, महासंघका उपाध्यक्ष मुकेश उपाध्याय, महासचिव डम्बर प्रसाद रेग्मी, प्रदेश १ का महिला उद्यम समितका अध्यक्ष नमिता न्यौपाने, उदयपुर शाखाका अध्यक्ष मधुकर थापा, सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरे, मोरङका अध्यक्ष नरेन्द्र हुमागाईँ लगायतले संयुक्त रुपमा मुख्यमन्त्री राईलाई सोमबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...














Discussion about this post