धरान : धरान उपमहानगरपालिका १४ पिण्डेश्वरी चौकस्थित एक घरबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय पारुहाङ राई रहेका छन् ।
आज शनिबार इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रामाडोल–५८९० ट्याव्लेट र इस्पास्पेन–५५९० ट्याव्लेट प्रतिबन्धित औषधी फेला परेको थियो ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।














Discussion about this post