इटहरी (डेस्क) : सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको दुहबी नगरपालिका १० बुद्ध चोक स्थित ईनरुवा–दुहबी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर हुँदा दुहबी नगरपालिका ११ तनमुना का २८ बर्षीय जीतनारायण उरावको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिंङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकलमा सवार मोरङको रंगेली नगरपालिका ९ का ३० वर्षीय भीमप्रसाद उरावको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक उदयपुर कटारी नगरपालिका ५ का २४ वर्षीय सागर मगर इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् ।
यस्तै, उदयपुर त्रियुगा नगरपालिका ४ बगाहा स्थित गाइघाटबाट जलजलेतर्फ जाँदै गरेको प्र २–०१–००३ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर भएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार मोटरसाइकल चालक त्रियुगा नगरपालिका ५ देउरी का ३२ वर्षीय प्रभुनारायण चौधरी र पछाडि सवार सोही स्थानका ३१ वर्षीय दीलिप दुलाल घाइते भई उपचारको लागी न्यूरो अस्पताल विराटनगर पठाइएको थियो ।
घाइतेमध्ये दीलिप दुलालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते चौधरीको उपचार भइरहेको छ भने ट्रिफर र ट्रिफर चालक त्रियुगा
नगरपालिका ६ लालपत्ताका ३६ वर्षीय मेख बहादुर राउत जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेका छन् ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post