इटहरी : इटहरी उपमहानगरपालिका ४ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार यहाँको डिभिएम बोर्डिङ स्कुल नजिकै गएराति साढे ९ बजे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा झापा धुलाबारी घर भइ हाल इटहरी ६ बस्ने २२ वर्षीय रोशन बिश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ प ५५९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भीर घाइते भएका थिए ।
उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपनि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post