संखुवासभा : संखुवासभाको खाँदवारी नगरपालिका १ मा सामान्य विवादमै एक पुरुषको हत्या भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सामान्य विवादकै क्रममा सुङ्देल ३ खोटाङ घर खाँदबारीमै कोठाभाडामा बस्दै आएका २८ वर्षीय शम्भु राईले सामान्य विवादमै एक पुरुषको कुटपिट गरी हत्या गरेका हुन् ।
कुटपिटबाट स्थानीय ४० वर्षीय महेश राईको हत्या भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मृतक र अभियुक्तबीच पौष २६ गते राति वादविवाद भएको र सोही क्रममा शम्भुले कुटपिट गर्दा महेश घाइते भएका थिए । घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।












Discussion about this post