धनकुटा : बालुवा लोड गरेर जाँदै गरेको हाइवा टिपर कोसी लोकमार्गअन्तर्गत धनकुटा २ नागढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धनकुटाबाट तेह्रथुमको बसन्तपुरतिर जाँदै गरेको प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर आज (शुक्रबार) बिहान ४ः४५ बजे दुर्घटना हुँदा टिपरका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकमध्ये चालक भुवन मगरको मात्रै सनाखत भएको छ । मगरको ठेगाना लगायत विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये सहचालकको पहिचान खुल्न बाँकी रहेको छ । घुम्ती सडक पार गर्ने क्रममा टिपर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको अनुमान गरिएको छ ।














Discussion about this post