इटहरी (डेस्क) : झापा र मोरङको दुई छुट्टा–छुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ३ बेलडाँगी शिविरबाट २३ वर्षीय राजन तामाङलाई ब्राउनसुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ वर्षीय कुशल बराईलीलाई लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट लुपिजेसिक १३ एम्पुल्, डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र फेनारगन १० एम्पुलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post