इटहरी : माघे संक्रान्तिको अवसरमा शनिबार बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएकी धरान ८ की ७३ वर्षीया वृद्धा भोजरानी लिम्बूको सुन लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज ९ का ३१ वर्षीय गुण्डुकुमार राय यादव रहेका छन् ।
मन्दिरमा दर्शन गरेर बाहिर निस्किने क्रममा हातमा लगाएको साढे ४ तोला सुनको चुरा लुटिएको उनको छोरा सोमराज लिम्बुले बताए । मन्दिरभित्र पूजा गरेर बाहिर निस्किने क्रममा हातको चुरा थुतिएपछि चिच्याएकी थिइन् ।
इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार सुनको चुरा थुत्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय चक्रघट्टी ल्याएर आवश्यक अनुसन्धान गरिरहेको छ ।













Discussion about this post