विराटनगर : विराटनगरस्थित कोसी अस्पतालका दुई चिकित्सकसहित थप २८ जना कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यो सँगै अस्पतालमा संक्रमित हुने कर्मचारीको संख्या ७५ पुगेको मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।
मंगलबारसम्म ८ चिकित्सकसहित ४७ जनामा संक्रमणको पुष्टि भएको थियो ।
बहिरंग, आकस्मिक, आईसीयू, प्रयोगशाला, हाडजोर्नी, शल्यक्रिया, मेडिसिन, बिमा र लेखा लगायत लगभग सबै विभागका चिकित्सकसहित कर्मचारीमा कोरोना संक्रमण देखिएको उनले बताए ।














Discussion about this post