इटहरी : इटहरी उपमहानगरपालिकाले क्याम्पस पढ्ने दलित समूदायका विद्यार्थीलाई शैक्षिक प्रोत्साहन प्रदान गरेको छ ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले दुई हजार चार सयका दरले आइतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गरेकी हुन् ।
उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आइतबार ३८ जनालाई प्रदान गरिएको हो ।
दलित समूदायका विद्यार्थीलाई उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताइन् । यो वर्ष ६१ जना विद्यार्थीले प्रोत्साहनका लागि आवेदन दिएका थिए ।
उपप्रमुख गौतमले उपमहानगरपालिकाले निःशुल्क सञ्चालन गर्ने लोकसेवा तयारी कक्षामा भाग लिन समेत विद्यार्थीहरूलाई आग्रह गरिन् ।



















Discussion about this post