झापा : झापा र इलामको सीमामा पर्ने रोङ गाउँपालिका ४ पैरे भन्ने ठाउँमा भीरबाट भ्यान खस्दा आज (बिहीबार) बिहान दाजुभाइको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ च ७९१६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भइ आज बिहान पौने ६ बजे भीरबाट करिब पाँच सय मिटर तल खस्दा एकै घरका दाजुभाइको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा मेचीनगर ४ बाहुनडाँगी बजार बस्ने ५२ वर्षीय रमेश थापा र उनका भाइ ४४ वर्षीय सूर्य थापा रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी चालक सोही स्थानका ३५ वर्षीय अर्जुन कोइराला गम्भीर घाइते छन् । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार थापा दाजुभाइ काम विशेषले बिहीबार बिहानै इलाम हिँडेका थिए ।














Discussion about this post