झापा : झापामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएको छ ।
जिल्लाको मेचीनगर १३ चारआली बस्ने ७१ वर्षीय खम्बासिंह कार्कीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज (सोमबार) बिहान ३ बजे घर नजिकै आएको हात्तीलाई धपाउने क्रममा हात्तीले आक्रमण गर्दा घाइते भएका कार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीले कुल्चिँदा कार्कीको शरीरको भित्री भागमा गम्भीर चोट लाग्नुका साथै बायाँ खुट्टा समेत भाँचिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post