इटहरी : इटहरी २ पीपल चौकमा दुर्घटनामा परेर एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार तरहराबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ६१०८ नम्बरको तेलको टेङ्करमा सोही दिशाबाट आउँदै गरेको को १ ह ६४४१ नम्बरको टेम्पो पछाडिबाट ठक्कर हुँदा एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धरान १५ बस्ने ५६ वर्षीय योगेन्द्र बजगाईँ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै, घाइतेहरूमा टेम्पोमा सवार धरान १३ बस्ने ३४ निलु बर्मा, उनकै छोरी ११ वर्षीया नियाशा बर्मा, ४ वर्षीया बिप्याङ्कि बर्मा सामान्य घाइते रहेका छन् । ती मध्ये निलुको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, अर्का घाइते अन्दाजी ४० वर्षीय रोशन बस्नेतको भने इटहरीमै रहेको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टेङ्कर चालक बराहक्षेत्र ८ बस्ने ३४ वर्षीय लव नारायण चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ । टेम्पो तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।को ।














Discussion about this post