मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारीमा एक बालिका बलात्कारको शिकारमा परेकी छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय ५३ वर्षीय रामदेव चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ बलात्कार गरेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरुषले ललाईफकाई घरनजिकको बाँसघारीमा लगेर बालिकालाई बलात्कार गरेका हुन् ।
बलात्कार पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
घटना बाहिरिएपछि प्रहरीले बालिका बलात्कारमा संलग्न चौधरीलाई पक्राउ गरेर थप अुनसन्धान अगाडि बढाएको छ ।














Discussion about this post