इटहरी : सुनसरी भोक्राहा नरसिहं गाऊपालिका ३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर भइ आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान भएको सुनसरी प्रहरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ वर्षीय शेख फिरोज रहेका छन् ।
यस्तै, दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल इनरुवा, न्यूरो अस्पताल विराटनगर र विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको एसपी थापाले बताए ।
शुक्रबार राति साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर भइ दुर्घटना भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post