इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
इटहरी निवासी ढुंगानाले सुनसरीको इनरुवा ६ स्थित मधेशामा रहेको मधेशा स्वास्थ्य चौकीमा आज (आइतबार) एक कार्यक्रमकाबीच स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानासहित इनरुवा ६ का वडाध्यक्ष कोषराज अधिकारी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी लगायतले बोलेका थिए ।
अक्सिजनले सबैको जीवन बचाउने भएकाले गर्दा आफूले सहयोग गरेको नेता ढुंगानाले बताए । अक्सिजन अभावमा दुर्गभ भेगका मानिसहरूको ज्यान नजाओस् भन्ने उदेश्यले सहयोग गरिएको उनले बताए ।
स्वास्थ्य चौकीमा अक्सिजन कन्सटेक्टर, अक्सिमिटर, थर्मामिटर लगायत मास्क तथा सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।














Discussion about this post