मोरङ : मोरङको बेलबारी नगरपालिका १ सिनेमा हल अगाडिबाट आइतबार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेलबारी ३ का ४३ वर्षीय रिक्तमान गुरुङले बेलबारी १ सिनेमा हल अगाडि पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३–०१–०२५ च ९७५० नम्बरको कार हराएको प्रहरीमा निवेदन दिएसँगै खोजतलास गर्ने क्रममा दिउँसोको समयमा सुन्दरहरैँचा नगरपालिका ७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो ।
कार फेला परेसँगै कारमा रहेका बेलबारी नगरपालिका ३ का ३६ वर्षीय सुरज गुरुङ, केराबारी १० का २५ वर्षीय तेजकुमार मगर र केराबारी ७ का २६ वर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिइएको छ ।
कार चेकजाँच गर्ने क्रममा लागूऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।












Discussion about this post