संखुवासभा : संखुवासभाको खाँदवारी नगरपालिका ९ मा सोमबार (आज) बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बिहान साढे ६ बजेको समयमा खाँदवारीबाट सभाखोलातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक गोरखाका २४ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो ।
उनको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post