मोरङको बेलवारी नगरपालिका–८ राधानगरमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
राती ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २८ प ७४५४ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक सौजन कार्की को मृत्यु भएको छ । त्यस्तै, पछाडि सवार रहेका साने तामाङ घाईते छन् । उनको नोबेल अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
Discussion about this post