उदयपुर : उदयपुरको उदययपुरगढीमा जन्ती बोकेर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
बिहीबार दिउँसो मदन भण्डारी राजर्मागअन्तर्गत जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा जिल्लाको त्रियुगा नगरपालिका १४ बस्ने १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको हो ।
त्रियुगा नगरपालिका १६ रातापानीबाट नेपालटार जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर राजर्मागको दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते अन्य १९ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूको उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post