संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ र १ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको छ ।
मकालु ५ को नुम र वडा नम्बर १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका ५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए ।
निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको उनले बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुल रहेको छन् ।
अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए । दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए ।
२०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।














Discussion about this post