इटहरी : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन् ।
उपमहानगरपालिका परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवन उत्तरपट्टी पोखरेलले भवनको शिलान्यास गरेका हुन् । नौ करोड १८ लाख २४ हजार ३ सय ६४ रुपैँयाको लागतमा छ तले भवन निर्माण हुनेछ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नसक्ने बताए ।
स्थानीय तहहरूले आधारभूत रुपमा उल्लेख्य कार्य गरेको बताए ।
उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आफनो कार्यकालमा इटहरीको विकास र सम्वृद्धिका लागि उल्लेख्य कार्य भएको बताए ।
उपप्रमुख लक्ष्मी गौतमले कोभिडका कारण पाँच सय दिन विकास निर्माणका काम प्रभावित भएपनि भौतिक पूर्वाधार निर्माणमा इतिहास रच्न सफल भएको बताइन् ।
उनले गाँउ–गाँउका सडक कालोपत्रे विभिन्न वडा कार्यालय भवन निर्माण, १४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइसकेको बताइन् ।















Discussion about this post