सुनसरी : सुनसरीको बर्जु गाउँपालिका १ मा बुधवार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
राति साढे ९ बजेको समयमा बर्जु गाउँपालिका १ बुक्डरीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय धनीलाल उराव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post