इटहरी : सुनसरी र मोरङको छुट्टा–छुट्टै दुई स्थानमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार राति ७ बजे सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा को २० प ९८९६ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर १४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।
यस्तै, मोरङको जहदा गाउँपालिका ६ स्थित भित्री सडक खण्डमा सडक साइडमा राखेको गोरुगाडामा को ३५ प ३४०५ नम्बरको मोटरसाइकल ठक्कर भइ दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर १९ का २६ वर्षीय लक्ष्मी सरदारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भइ उपचारको लागि कोशी अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post