इटहरी : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सुनसरीको झुम्का कारागारका ३७ जना कैदीबन्दीले आममाफी पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजीम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् । सोही अनुसार झुम्का कारागारबाट ३७ जनाले आम माफी पाएका हुन् ।
झुम्का कारागारका प्रमुख प्रदीप शाहका अनुसार अघिल्ला वर्षहरूमा पनि प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न घटनामा दोषी प्रमाणित भई बन्दी जीवन बिताइरहेकाहरूलाई राष्ट्रपतिबाट आममाफी दिने गरिएको थियो ।














Discussion about this post