इटहरी (डेस्क) : सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र ८ का २७ वर्षीय अटल राई, मोरङको सुन्दरहरैँचाबाट झापाको शिवसताक्षी नगरपालिका ९ का २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका ६ का २७ वर्षीय दिलीप लिम्बू रहेका छन् ।
राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटरसहित बराहक्षेत्र ६ बाट पक्राउ गरेको हो ।
मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटरसहित राई पक्राउ परेका हुन् ।
यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैँचा नगरपालिका ९ मा सूर्य कट्टेलले सञ्चालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।
पसलमा बिक्रीको लागि राखिएको रिचार्ड कार्ड लगायत अन्य समानसहित एक लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाएसंगै चोरीमा संलग्नहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरीको आरोपमा पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post