Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा भएको बीभत्स हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १०, २०७८
in टाकुरा विशेष, समाचार
0
धरानमा भएको बीभत्स हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

घटनामा संग्लग्नलाई सार्वजनिक गर्दै प्रहरी ।

1.9k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत फागुन ४ र ५ गते धरानस्थित आँपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र फेला परेको शवको पहिचान खुलेको छ । पहिचान खुलेसँगै हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी मंगलबार साँझ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार धरान–भेडेटार सडकखण्डमा पर्ने आँपगाछी क्षेत्रमा दुई दिनमा बीभत्स अवस्थामा जेब्रा झोलाभित्र फेला परेको शव इलाम बाँझो १ घर भएका ४३ वर्षीय दिनेश सिग्देलको रहेको खुलेको छ ।

शवको सनाखत भएसँगै मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र २९ वर्षीय सरोज भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर घर भए स्थायी इलाम घर भएपनि हाल विराटनगर बस्दै आएकी अनिता केसी र विराटनगर ४ घर भएका सरोज भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो ।

प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान भएको हो ।

पक्राउ परेकामाथि कर्तब्य ज्यान मुद्वामा आजै म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक सिग्देल भने पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुष २० गते नेपाल आएपनि २१ गतेमात्रै श्रीमती अनितासँग विराटनगरको एक होटलमा बसेको र २२ गते बेलुका अनिताका प्रेमी सरोज भण्डारीलाई बोलाएर हत्या गरेको खुलेको छ ।

‘दिनेश रक्सी धेरै पिउने भएकाले झगडा सुरु भएछ,’ एसपी थापाले भने, ‘पुष २२ गते राति विराटनगरकै एक होटलमा हत्या भएछ ।’

२२ गते राति हत्या भएपछि उनीहरूले भोलिपल्ट बजारबाट जेब्रा झोला किनेर ल्याएको र खुकुरीले शवलाई टुक्रा–टुक्रा पारेर झोलामा हालेपछि टेम्पोमा धरान आएको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार अनिता र सरोजले ‘ग्राण्ड डिजाइन’ नै बनाएर उनको हत्यापश्चात जेब्रा झोलामा शव पोको पारेर धरानको जंगलमा फालेको खुलेको छ । त्यसदिन शव फालेपछि उनीहरू भेडेटार गएर बसेको र भोलिपल्ट विराटनगर झरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।

घटनाबारे विस्तृत अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार (हिजो) राति विराटनगरमै ‘सर्च’ गर्ने क्रममा पक्राउ गरेको र आज मंगलबार सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले बताए ।

सिटि चालक पेशा गर्दै आएका सरोज भण्डारीको विवाह भइ १ छोरी रहेको प्रहरीले जनाएको छ । मृतक लामो समयदेखि बहराइनमा बस्ने र आउने जाने गरेको कारण उनका कान्छी श्रीमती अनिता केसी सरोज भण्डारी बीच करीब ६ महिना अघिदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

पक्राउ परेका दुवैजनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेका थिए ।

यो पढ्नुहोस् – प्रेमीसँग मिलेर श्रीमानको हत्यापछि खुकुरीले टुक्रा–टुक्रा पारेर यसरी फालियो धरानको जंगलमा शव

Tags: #धरान#पक्राउ#हत्याअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 
कला साहित्य

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्। श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५०...

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    609 shares
    Share 244 Tweet 152
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.