रूपन्देही कोटहीमाईका २५ वर्षीय युवा नेपाल-भारत सीमाबाट लुकेर वैशाख ५ गते नेपाल आएको खुलेको छ। कोटहीमाई गाउँपालिकाका ती युवा नयाँ दिल्लीबाट भारतीय सीमा जोडिएको सम्मरीमाई गाउँपालिकाको सीमा हुँदै नेपाल प्रवेश गरेका थिए।
नयाँ दिल्लीमा ज्याला मजदुरी गर्ने युवा सीमाबाट नेपाल प्रवेश गर्नासाथ उनका दाजुले सिधै गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा ल्याएको गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवले बताए। ती युवासहित १० जनाको कोभिड–१९ थ्रोट स्वाब परीक्षण गरिएको थियो। उनलाई मर्चवार आदर्श उच्च मावि मझगावाको क्वारेन्टाइनमा वैशाख ५ गते नै ल्याएर राखिएको थियो।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सीमा क्षेत्रका क्वारेन्टाइनमा रहेकाहरूमा कोरोना संक्रमण हुनसक्ने भन्दै पिसिआरमार्फत् कोरोना परीक्षण गर्न स्वाब संकलन गरेको थियो।
Discussion about this post