इटहरी : इटहरीमा राजमार्गबाट वाइपास गर्नमिल्ने तीन वटा पूल निर्माण भएका छन ।
ती मध्ये दुइवटा पूलको पूर्वमुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरे । इटहरी वडा नम्वर ५ र १७ को सीमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुल उद्घाटन गरेका हुन् ।
वडा नम्वर ४ स्थित टेंग्राखोला पुलवाट सवारी साधन चौक नआई धरानतर्फ जान र सुकुमारी खोलापुल हुदै पश्चिम जान वाइपास हुन सक्ने पुल हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आर्चायले इटहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा गरे ।
राजनीतिक दलहरूमा निर्वाचनका बेला प्रतिष्पर्धा भएपनि निर्माणका बेला एकता हुनुपर्नेमा उनको जोड थियो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फड्को मारेको दाबी गरे ।
उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुल कल्भर्ट बनाइसकेको बताइएको छ ।
उपमहानगरका इन्जिनियर जीवन घिमिरे र इन्जिनियर कैलाश तिम्सिनाले पुल निर्माणको प्राविधिक र लागत पक्षको जानकारी दिएका थिए ।














Discussion about this post