Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीको रामधुनीमा यसरी गर्न सकिन्छ पर्यटन प्रबर्धन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०७६
in टाकुरा विशेष, ब्लग, भिजिट नेपाल, विचार, विविध, समाचार
0
सुनसरीको रामधुनीमा यसरी गर्न सकिन्छ पर्यटन प्रबर्धन
355
SHARES
Share on FacebookShare on Twitter

शिशिर भट्टराई

रामधुनी

नेपाल पर्यटन बर्ष २०२० मा नेपाल सरकारले २० लाख बढी पर्यटक भित्राउने लक्ष्य लिएसँगै अहिले आम मानिसमा उत्साह छाएको छ । आम मानिसले अहिले सामाजिक सञ्जालमा मात्र नभएर विभिन्न पत्रपत्रिका र अनलाईन पोर्टलहरुमा प्रचारप्रसार गरिरहेका छन् । तर, त्यसबाट आर्थिक फाइदा कसरी लिने भन्नेबारे अझै पनि बहस भएको छैन ।
सुनसरीको रामधुनी नगरपालिकामा पनि पर्यटन बिकासको हल्ला सुरु भएको लामो समय भइसक्यो । ठाउँको प्रचारप्रसार गरौँ, बिकास गरौँ भन्न सम्म सामाजिक अगुवा र बुद्धिजिविहरुले भ्याउँन थालेका छन् । तर, पर्यटकलाई यहाँ ल्याउँदाको फाईदा र उनीहरु आएर मनोरञ्जन गर्ने बस्ने ठाउँबारे भने बहस भएको छैन । न त स्थानीय वुद्धिजीविरु अग्रसर छन्, न त स्थानीय सरकारले बजेट निर्माण लगायतका पर्यटन क्षेत्रका कार्यमा कुनै विज्ञसँग छलफल नै गर्छ ।
न रामधुनी नगर क्षेत्रमा सुविधा सम्पन्न होटल तथा लजको ब्यवस्था छ । न त घुम्नका लागि उपयुक्त वातावरण नै । हामीले अहिले रामधुनी मन्दिरमा धार्मिक पर्यटनको बहस गरिरहेका छौँ । धार्मिक यात्रामा आउँने मानिस पनि मनोरन्जन लिन चाहन्छ र फ्रेस हुँन चाहन्छ । तर, रामधुनी नगरक्षेत्रमा घुम्नलाएक ठाउँ नै बनाउँन नसक्दा चिन्ता र चासोको बिषय बनिरहेको छ ।
यदि बाह्य वा आन्तरिक जुनसुकै ठाउँको पर्यटक आएपनि रामधुनीमा खर्च गर्ने ठाउँ खोइ ? धार्मिक यात्रा सँगै १ दिन त्यँहि बिताउँछु भनेर कुनै पर्यटक आयो भने उसलाई दिन बिताउँने र बेलुका खाने बस्ने ब्यवस्था खोइ ? धार्मिक यात्रामा आएको मानिसले पनि पुजापाठ सकेर खानेकुरा खान्छ । खोइ हामीले उसलाई खर्च गराउँन सकिने अबस्था ? अब यो बिषयमा केन्द्रीत भएर हामीले बहस गर्ने बेला आएको छ ।
हामीले पर्यटकले किन्न चाहँदा जम्मा पुजागर्ने फूलत बेच्न सक्दैनौ भने हामीलाई पर्यटक आएर के आर्थिक फाइदा हुँन्छ ? रामधुनी मन्दिरमा पुजा गर्ने फूल पर्यटकले आफै लिएर आउलान् त ? खानेकुरा पनि लिएर आउलान् ? नास्ता पनि लिएर आउलान् ? तर, पर्यटक आफैले यात्रामा आउँदा आबश्यक सामान लिएर आउँने र सम्बन्धित ठाउँमा खर्च नगर्ने हो भने त्यसलाई कस्तो पर्यटन भन्ने ? फाइदा होइन यथास्थितिमा रामधुनीमा पर्यटक आउँदा नोक्सान मात्र हुन्छ । धुलाम्मे हिलाम्मे र साँघुरो बाटोमा दुर्घटना हुँने र बिरामी परिने सम्भावना मात्र बढ्छ ।
रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्ने भनेर हल्ला मात्र फिजाइन्छ । रामायण सर्किटमा जोड्नु राम्रो कुरा हो । तर, नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरिसकेर भारतमा प्रस्ताव लगिसकेपछि त्यसमा आबश्यक छलफल गर्ने र भारतले आबश्यक ठाने पूर्वाधार निर्माण लगायतका प्रक्रिया सहित कहिले हो रामायण सर्किटमा जोडिने त्यसको टुङ्गो छैन ।
आन्तरिक रुपमा हामीले धरानको पिण्डेश्वर, बराहक्षेत्र, दन्तकाली, बुुढासुब्बा, कोशीटप्पु जस्ता ठाउँलाइ त जोड्न नसकिरहेको अवस्था छ । रामायण सर्किटको कुरा त टाढाको भयो । यदि बराक्षेत्र आएको पर्यटक रामधुनी आउँने, पिण्डेश्वर जाँने र दन्तकाली जाँने, रामधुनी, पिण्डेश्वरी वा दन्तकालीमा आएको पर्यटक अन्य क्षेत्रमा त्यहि अनुरुप जाँने वातावरण खोई ? धार्मिक रुपमै आएको पर्यटक भएको भएपनि पर्यटक मनोरन्जन लिन चाहन्छ । यी आन्तरिक धार्मिक सर्किटलाई जोडेर त्यसमा कोसीटप्पुको अर्ना हेर्न पनि पर्यटकलाई लैजाने हो भने पर्यटन प्रबर्धनमा जोड पुग्नेछ । यसरी रामधुनीलाई रामायण सर्किटमा जोड्ने महत्वकाक्षी सपना देख्ने हामीले १, २ घण्टाको दुरीमा रहेको बराक्षेत्रलाई सम्म जोड्न सकेका छैनौँ ।
रामधुनी मन्दिरमा आन्तरिक पर्यटनको पनि राम्रो सम्भावना छ । त्यहाँ बिभिन्न पर्वका समयमा निकै ठूलो मेला लाग्ने गर्दछ । धार्मिक हिसावले आन्तरिक पर्यटकका लागि महत्वपूर्ण रह्यो । प्राकृतिक हिसाबले पनि त्यतिकै महत्वपूर्ण छ । पिकनिक स्पोर्टको रुपमा बिकास गर्न सकिने राम्रो सम्भावना छ । अहिले रामधुनीवासी नगर नै छाडेर अन्य ठाउँमा पिकनिकका लागि जाँने गरेको पाइन्छ । पर्याप्त वनजङ्गल सहितको सित्तल ठाउँ भएता पनि ब्यवस्थापनको अभावमा रामधुनी पछि परिरहेको छ ।
त्यस्तै पर्यटन बिकासको अर्को महत्वपूर्ण सम्भावना पनि छ । यो नगर थारु समुदायको करिब ६५ प्रतिशत जनसङ्ख्या रहेको नगर हो । यहाँ थारु भेषभुषा र संस्कृतिको उचित प्रदर्शनी र थारु लगायत अन्य सम्भावित जातिको संस्कृति संरक्षण तथा थारु होमस्टेको अबधारण ल्याएर त्यसको बिकास गर्न सकिने राम्रो सम्भावना रहेको छ ।
६५ प्रतिशत एउटै समुदायको बसोवास रहेको नगर बिरलै पाइन्छ । त्यसमा थारु संस्कृति रोचक नै छ । संस्कृति हेर्न र थारु संस्कारमा रम्नका लागि होमस्टेको अबधारण निकै राम्रो हो । जम्मा होमस्टेको मात्र अबधारण होइन । त्योसँगै पर्यटन बिकासका सम्भावनाको अध्यन र बिकास हुँनु आबश्यक रहेको छ । जसरी हुँन्छ, पर्यटकलाई रमणीयता दिन सकियो भने पर्यटन प्रबर्धन हुनेमा विश्वास गर्न सकिन्छ । होमस्टे स्थापना गर्दा त्यसको मोडल कुनै आधुनिक होटल शैलीको नहुने भएकाले पनि पर्यटकको मन तानिनु स्वभाविक हो ।
रामधुनीमा बहुसङ्ख्यक स्थानीय तहका जनप्रतिनिधि थारु समुदायका छन् । र, त्यतिले पनि नभए यहि भुमिकी चेली पशुपंक्षी बिकास राज्यमन्त्री समेत रहेकी रामकुमारी चौधरी संघीय सरकारमा छिन् । थारु भाषा, संस्कृतिलाई जोगाउँने अनि हामस्टेको अबधारणा सहित थारु संस्कृति र संस्कारले पाहुँनलाई स्वागत गर्नाले आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न सक्छ ।
त्यसमा पनि महत्वपूर्ण कुरा जोडिएको छ । जम्मा होमस्टे भएर मात्र पनि पर्यटक आउँने होइन । होमस्टेमा अन्त घुमेर बस्ने हो । होमस्टे सँगै घुमेर दिन बिताउँने ठाउँ चाहि पक्का हुँनुपर्दछ । नगर भित्रै स्वीमिङ् स्पोर्ट र पिकनिक स्पोर्टको रुपमा र दिन बिताउँन अकर्षक गन्तब्यको रुपमा बिकास गर्न सकिने रामधुनी मन्दिर परिसरको धुनीवन, सङ्करवेली र रासताल जस्ता निकै रमणीय ठाउँहरु पनि छन् ।
नगर भित्रका सम्भावित रोचक र रमणीय ठाउँहरुलाई दिन बिताउँने अकर्षक ठाउँको रुपमा बिकास गर्ने र बस्नका लागि होमस्टेको अबधारण ल्याउँने हो भने पर्यटन बिकासमा थप टेवा पुग्छ ।
कतिपय धार्मिक पर्यटक निकै संस्कृतिक खालका पनि हुँन्छन् । शुध्द्ध शाकाहारी पनि हुँन्छन् । जहाँ पायो त्यहि, जस्तो पायो त्यस्तै होटल वा होमस्टेमा बस्न रुचाउँदैनन् । उनीहरुका लागि छुट्टै खालको बस्ने र खानेको ब्यवस्था मिलाउँन सकियो भने यहाँको ठाउँ प्रबर्धन हुनेमा विश्वास गर्न सकिन्छ ।
यसरी पर्यटक आएर बस्न सक्ने खालको वा खर्च गर्ने खालको वातावरण बन्यो भने स्थानीयले राम्रै रोजगारी सँगै मनग्य आम्दानी कमाउँन सक्छन् । धार्मिक पर्यटक आउँदा फलफूल लगायतका खेतीको माध्यमबाट किसानहरुलाई रोजगारी बढ्छ । पर्यटकलाई घुमाउँदा सवारीसाधनको पनि उपयोग हुँन्छ । त्यसबाट पनि रोजगारी पाउँन सकिन्छ । समग्र क्षेत्रको बिकास र बिस्तारले जनताको आयस्तर बृद्धि हुँनसक्छ । जनताको आयस्तरमा बृद्धि, होटल तथा होमस्टे ब्यवसायको बिकास, कृषि तथा पशुपालनमा भएको ब्यवसायिकताले सरकारको राजश्वमा बृद्धि हुँन्छ । जनताको आयस्तरमा भएको बृद्धि, सरकारी आम्दानीमा भएको बृद्धि र रोजगारीमा भएको बृद्धिले गर्दा समग्र राज्यको सपना ‘सुखी नेपाली समृद्धि नेपाल’ तथा स्थानीय सरकारको सपना ‘समृद्ध रामधुनी सुखी रामधुनीवासी’ भन्ने सपनालाई साकार पार्ने कुरामा महत्वपूर्ण सहयोग पुग्न सक्छ ।
नेपाल भ्रमण बर्षको तयारी भइरहेका बेला अबको बहस पर्यटनमैत्री हुँनुपर्दछ । हामीले पर्यटन बिकासका बहस गर्दा अनाबस्यक बिकासको भ्रम फिजाउँने भन्दापनि त्यसलाई अर्थतन्त्रसँग जोड्नु अपरिहार्य रहेको छ । आधारभूत पूर्वाधार निर्माणका कार्यहरु बाँकी नै रहेका छन् । सडकको अबस्था कमजोर छ । त्यसमा स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । त्यसमा सम्पूर्ण सरोकारवालाहरुले सकारात्मक दृष्टिकोणका साथ स्थानीय सरकारलाई हरबखत सहयोग गरेमा रामधुनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।

Tags: टाकुरा न्यूज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ। फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना...

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.